थारु सख्या गीतको छायांकन सुरु

थारु सख्या गीतको छायांकन सुरु


वीरेन्द्रनगरमा थारु सख्या नाचमा गाइने गीतको छायांकन सुरु भएको छ ।

थारु कल्याण कारिणी सभा र लखागिन थारु उत्थान मञ्च सुर्खेतको सहकार्यमा गीतको छायांकन सुरु गरिएको हो ।

सख्या नाच गीतको संकलन, संयोजन, सम्पादन तथा निर्देशन थारु संस्कृतिविद मान बहादुर चौधरी पन्नाको रहेको छ । 

सख्या नाचको गीत निर्माणको लागि समाजसेवी सनिसरा महतले आर्थिक सहयोग गरेको निर्माण पक्षले जनाएको छ । 

सखिया थारूहरूको दशैँ  तथा दीपावलीमा नाचिने नृत्य हो । दशैँ आउनु दुई साता अघिदेखि रातीको खानापछि सखिया गीत सिकाउने मोह्रिन्या (गुरुमा) को घरमा सखिया नाच्ने टोलीका सदस्यहरू गीत सिक्छन् । 

दशैँँ शुरु भएपछि दिन डुबेसँगै अर्थात् गोधुली साँझपछि गाउँको अगुवा (महटाँवा) को आँगनमा खास गरी एकैजसो पोशाकमा ठाँटिएर गाउँका थारू युवतीहरू जम्मा हुन्छन् ।

गाउँको घरसंख्या अनुसार नर्तकीहरूको संख्या पनि बढी, थोरै हुने गर्छ । मादलेको आगमन भएपछि मादलको तालमा गीत गाउँदै हातको मुजुरा एक आपसमा ठोक्काउँदै नाच्छन् । 

 

Logo