जेलमा हजारौं कैदीहरूसँग कोचिन बाध्य छन् शाहरुख खान पुत्र

जेलमा हजारौं कैदीहरूसँग कोचिन बाध्य छन् शाहरुख खान पुत्र


शाहरुख खानका छोरा आर्यन खान हाल आर्थर रोड जेलमा छन् । मुम्बई क्रूज मुद्दामा आर्यन जेल परेपछि खान परिवार छोराका लागि निकै चिन्तित छ । शनिबार शाहरुख र गौरीले छोरा आर्यसँग भिडियो कलमा कुरा गरेर नियास्रो मेटे । 

कारागारमा आर्यनलाई अरु कैदीहरु सरह नै राखिएको छ । बलिउडका सुपरस्टारका छोरा भए पनि उननलाई कुनै विशेष सुविधा उपलब्ध छैन । 

आर्थर रोड कारागारमा हाल ३२ हजार कैदी छन् । कोरोना महामारीका कारण परिवारका सदस्यहरु कैदी भेट्न पाउँदैनन् । उनीहरुले हप्ताको दुई पटक १० मिनेटसम्म फोनमा कुरा गर्न पाउँछन् । 

खानका लागि भनेर ११ अक्टोबरमा शाहरुखले ४५ हजार रुपैयाँ मनीअर्डर पठाए पनि बाहिरबाट खाना मगाउने छुट छैन । आर्यन अरु कैदीसरह क्यान्टिनकै खाना खान्छन् । एजेन्सी

Skip This
Logo