अभिनेत्री करिश्मा मानन्धर एमालेमा ?

अभिनेत्री करिश्मा मानन्धर एमालेमा ?


डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा केन्द्रिय तहमा बसेर केही समय राजनीति गरेकी अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने संकेत गरेकी छन्। 

केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर सामाजिक सञ्जालमार्फत उनले खुसी पनि साटेकी थिइन् । 

केपी शर्मा ओलीसमेतको नाम देखिने मोबाइल कलको स्क्रिनसट सामाजिक सञ्जाल फेसबुकमा मंगलबार सेयर गर्दै दिउँसो उनले उल्लेख गरेकी छिन्, ‘कोही राजनीतिक व्यक्तित्वले कुनै  क्षेत्रका व्यक्तिलाई सराहना गर्नु राम्रो  संस्कार हो। यो हाँस्ने कुरा होइन। उहाँलाई अवश्य भेट्नेछु।’

Logo