‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’ को घोषणा

‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’ को घोषणा


अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरुलाई लक्षित गर्दै दुई रियालिटी शो को घोषणा भएकाे छ। काठमाडौंको एक पाँच तारे होटलमा भव्य कार्यक्रमको आयोजना गर्दै दुई रियालिटी शो को घोषणा भएकाे हाे।

‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’ को घोषणा पत्रकार सम्मेलनको आयोजना गर्दै गरिएको हो। यी दुबै रियालिटी शोलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले गर्न लागेको हो। 

फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट शाे सुरु गर्ने जानकारी दिए। ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन्। यस्तै, ‘मेरो डान्स कप यूएसए ४’ को निर्णायकमा भने अभिनेता दिलिप रायमाझी, नृत्य निर्देशक शंकर विसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहेका छन्।

कार्यक्रममा बोल्दै फाउन्डेशनका अध्यक्ष अधिकारीले नेपाली भाषा र संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्दै रियालिटी शो मार्फत अमेरिका र क्यानडामा रहेका नेपाली भाषीमा नेपाली भाषा, संस्कृतिको जागरुकता ल्याउनु रहेको पनि बताए। अमेरिकामा अत्यन्त व्यस्त जीवन बिताइरहँदा पनि आफूहरुले कहिल्यै पनि नेपाली परपम्परा, भाषा, रितीस्थिती नछाडेको बताए। यही सोचका कारण २ रियालिटी शो सुरु गरिएको अधिकारीको भनाइ थियो। 

यो फाउन्डेशनले नेपालमा रहेका जेष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्तासमेत उपलब्ध गराउँदै आएको छ। 

कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले अमेरिकामा पनि नेपाली भाषीहरुलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गरिन्।

Logo