१९ मंसिर २०७८ आइतबार

हास्यकलाकार कुमार कट्टेल 'जिग्री'ले 'मायाले जीवन सजाऊ' ल्याउने

चर्चित हास्यकलाकार कुमार कट्टेल 'जिग्री'ले आफ्नो स्वरमा रहेको नयाँ गीत 'मायाले जीवन सजाऊ' सार्वजनिक गर्ने भएका छन्। 

हास्यकलाकारद्वय आफ्नै दाइ तथा भाउजु सिताराम कट्टेल 'धुर्मुस' तथा कुन्जना घिमिरे 'सुन्तली' को १४ औं वैवाहिक वर्षगाँठको अवसर पारेर मंसिर १४ गते सो गीत सार्वजनिक गर्ने जिग्रीले बताएका छन्। 

गीतमा अर्जुन पोखरेलको शब्द तथा संगित रहेको छ। गीत स्वरमा गायिका अस्मिता अधिकारीले कुमारलाई साथ दिएकी छिन्। 

कुमारले यस अघि आफ्नो जन्मदिनको अवसर पारेर गत साउन ४ गते पहिलो गीत मञ्जुरी सार्वजनिक गरेका थिए। उनको स्वर रहेको यो दोस्रो गीत हो। पहिलो गीतलाई जस्तै दोस्रो गीतलाई पनि दर्शक, श्रोताले मन पराउने विश्वास रहेको कुमारले केन्द्रबिन्दुलाई बताए।

रंगिन संसार

प्रकाशित: ९ मंसिर २०७८ १८:१८ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी