अदृश्यभित्रको लजावतीमा प्रमोद खरेलको स्वर (भिडियोसहित)

अदृश्यभित्रको लजावतीमा प्रमोद खरेलको स्वर (भिडियोसहित)


लामो समयदेखि विभिन्न हास्यटेलिफिल्म, टेलिफिल्म र ठूलो पर्दाको फिल्ममा प्रायः जसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता बटुल्दै आएका कलाकार विनोद केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थालेका छन्।

उनै विनोदका शब्द रचनामा अदृश्यभित्रको लजावती बोलको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत रहेको छ। 

प्रेम कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले अभिनय गरेका छन्। कथानक म्युजिक भिडियोको कथा र निर्देशन पनि विनोदले नै गरेका छन्। केसीले आफ्नो यो पछिल्लो म्युजिक भिडियो राजधानीको वसन्तपुर दरबार, रानीपोखरी, धरहराजस्ता पूरातात्विक तथा ऐतिहासिक क्षेत्रमा छायाँकन गरेका छन्। 

चखेवाको जोडी भयौं सँगै हिँड्दा सबैमाझ,
यही जोडीको कहानीमा गजल बन्यो एउटा आज
लज्जावतीझैं लजाउँछ्यौ मुटु छुने गरि
अप्सरा त ठिकठिकै हो लाग्छ तिमी परी 

गीतमा प्रेमीले आफ्नो प्रेम र प्रेमीकाको बयान गर्ने क्रममा भनेका छन्। म्युजिक भिडियोमा किरण चौसिरको छायाँकन तथा राजकुमार मगरको सम्पादन रहेको छ। भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो।

 

Logo