1
0
Shares

‘आईईसी डिजाइनर रनवे १०’ फेसन शो सम्पन्न (फाेटाे फिचर)

1
1
1

आईईसी कलेजको आयोजनामा ‘आईईसी डिजाइनर रनवे १०’ फेसन शो शुक्रवार राति सम्पन्न भएको छ । उक्त फेसन शो नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको हो।

फेसन शोका लागि ३६ मोडलले प्रस्तुति गरेका थिए। नेक्स्ट मोडल्सले अडिसन गरेरै २८ महिला र ८ पुरुष मोडल गरेर फेसन शो का उत्कृष्ट ३६ मोडल गरेको थियो । शो मा ७३ जना डिजाइनरले तयार पारेका विभिन्न आकर्षक पहिरन २१ सिक्वेलमा मोडलहरुले र्याम्पमा प्रस्तुति गरे ।

७३ जना फेसन डिजाइनर नै आईईसी कलेजका १८औँ ब्याजका पास आउट विद्यार्थी थिए । ‘आईईसी डिजाइनर रनवे’ धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको सो हो। कार्यक्रमको संचालन पूर्व मिस नेपाल माल्भिका सुव्वाले गरेकी थिइन् । 

केकी अधिकारी, स्वस्तिमा खड्का लगायतका चर्चित अभिनेत्रीहरुले क्याटवाक गरे । यसमा अफिसियल कोरीयोग्राफर प्रशान्त ताम्राकार हुन् । कार्यक्रमलाई रवि धमला र यति पाण्डेले निर्देशन गरेका हुन्।

रंगिन संसार

प्रकाशित: १० पुष २०७८ १०:५८ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी