राज्यको कानुनमाथि ब्याङ्गयसहितको नाटक ‘ढकियामे नागरिकता’ माघ १ देखि प्रदर्शन

राज्यको कानुनमाथि ब्याङ्गयसहितको नाटक ‘ढकियामे नागरिकता’ माघ १ देखि प्रदर्शन


युवा निर्देशक सरिता साहको निर्देशनमा ‘ढकियामे नागरिकता’ नाटकको पोस्टर सार्वजनिक भएको छ । उक्त नाटक माघ १ गतेदेखि १० गते सम्म हरेक दिन साँझ ४ ३० बजे शिल्पी थिएटर बत्तीसपुतलीमा प्रदर्शन हुनेछ ।

नाट्कको माध्यमबाट जन्मसिद्ध नागरिकता पाएका आमा बुवाको छोराछोरीले वंशजको आधारमा नागरिकताविहीन हुन पुगेको, विदेशी महिलाले नेपालीसँग विवाह गरी श्रीमान् मरेपछि नागरिकता न पाएको कारण राज्यले दिने विभिन्न सेवा सुविधाहरुबाट बञ्चित हुन पुगेको, भूमि नभएको कारण नागरिकता नपाएको जस्ता समस्याहरु देखाउने कोशिस गरिएको छ ।

राज्य सत्ताले नागरिकता जस्तो संवेदनशील विषयलाई नजरअन्दाज गर्दा लाखौँ नागरिकहरु अनागरिक हुनु परेको भन्दै साहले आफ्नो नाटकमार्फत आमनागरिकको समस्या जनसमुदाय समक्ष प्रस्तुत गर्ने बताएकी छन् ।

‘नागरिकता सम्बन्धि राज्यले बनाएको कानून कार्यान्वयन नहुदाँ लाखौँ नागरिकहरु नागरिकता बिहिन हुन पुगेका छन्’, निर्देशक साहले भनिन्, ‘संविधानमा भएको व्यवस्था कार्यान्वयन नगर्ने समस्या त छँदै छ, अर्कोतर्फ पुरुषवादी र नस्लवादी सोचका कारण पनि खास गरि महिलाहरुलाई नागरिकता लिन समस्या छ । जन्मशिद्धका सन्तानलाई नागरिकता दिँदा राष्ट्रियता मासिन्छ भन्ने डरलाई नाटकमार्फत प्रस्तुत गरिएको छ ।’ 

नाटकको विषय वस्तुबारे निर्देशक तथा लेखक साहले उनले भनिन्, ‘राज्य सत्तामा रहेका व्यक्तिहरुले आफ्नो अनुकूल नियम कानुन बनाइदिने, बनाएका कानुनहरु कार्यान्वयन नगर्ने, अदालतको आदेश सिडियोले नमान्ने जस्ता समस्याहरु देखिएको छ । कही न कही प्रशासनको पनि कमि देखिएको कुरालाई नाटकमा दर्शाइएको छ । नागरिकता कुनै बाँड्ने चिज होइन्, यो सम्पूर्ण नागरिकको अधिकारको विषय रहेको कुरालाई जोडदार रुपमा प्रस्तुत गरिएको छ ।’

नाटकमा कलाकारहरु सरिता साह (महोत्तरी), अनिल कुर्मी (नवलपरासी), सुजिता साह (महोत्तरी), राज शर्मा पंगेनी (नवलपरासी), आदित्य मिश्रा (रौतहट), हाङ ओ राई (भोजपुर), रमिता यादव (सिरहा), संजय मुडियारी (मोरङ), सुदिप जंङ कार्की (मोरङ), सुदिप पटेल (धनुषा), सुस्मिता पोख्रेल (सुनसरी), प्रिन्स साहको अभिनय रहेको छ । 

Logo