पुसको ठण्डी जस्तै चिसिएको जितु र फुलन्देको आमाको सम्बन्ध

पुसको ठण्डी जस्तै चिसिएको जितु र फुलन्देको आमाको सम्बन्ध


केही समय अघिसम्म नेपाल टेलिभिजनबाट प्रसारण भएको र चर्चा कमाउन सफल कार्यक्रम हो 'मुन्द्रेको कमेडी क्लब' । तर, यो कार्यक्रम अहिले बन्द छ । कार्यक्रमका विषयमा देखिएको विवाद केही समय अघिसम्म सामाजिक सञ्जाल र समाचारमा छाइरहेका थिए । 

'मुन्द्रेको कमेडी क्लब' बन्द हुनाको पछाडि उक्त शो का प्रमुख पात्र मध्येका एक उमेश राई अर्थात 'फुलन्देको आमा' भएको चर्चासमेत चलेको थियो । 

कार्यक्रमका सञ्चालक जितु नेपालले पत्रकार सम्मेलन आयोजना गरेर नै राईले बिना जानकारी शो छाडेको बताएका थिए। दुवैको वाकयुद्ध केही समय सञ्चारमाध्यमहरुमा देखिएको थियो । यतिबेला उमेश 'डान्स च्याम्पियन' को होस्टको रुपमा रहेका छन्। डान्स च्याम्पियन पनि मुन्द्रेको कमेडी क्लब निर्माण गरेको कम्पनीले बनाएको हो । 

जितु फेरि मुन्द्रेको कमेडी क्लब संचालनको तयारीमा रहँदा फुलन्देको आमा भने अर्को शो सँग पनि जोडिएका छन् ।

उक्त कार्यक्रमको घोषणा समारोहमा फुलन्देको आमालाई मुन्द्रेको कमेडी क्लबको नयाँ स्वरूप र यसको उपस्थितीको बारेको सोधिएको थियो । उनले आफूलाई उक्त शो को बारेमा जानकारी नभएको र कुनै सम्पर्कसमेत नभएको बताएका छन् । यसबाट पनि जितु र उनको सम्बन्ध चिसिएको प्रस्ट हुन्छ। 

Logo