गायक ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक (भिडियोसहित)

गायक ओकिलीको ‘सिमल भुवा’ सार्वजनिक (भिडियोसहित)


'सरिताको दिदी’ गीतको सफलतापछि गायक अनिश ओकिलीले आफ्नै आवाज, शब्द तथा संगीतमा गीत`सिमल भुवा´सार्वजनिक गरेका छन्। 

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतको भिडियो निर्देशन ओरिअन टिमले गरेको हो। भिडियोको कन्सेप्ट गायक ओकिलीकै रहेको छ।

प्रिया रानी लामा र प्रज्वल श्रेष्ठले भिडियोमा अभिनय गरेका छन्। यस्तै विकास मगरको छायांकन, सम्पादन र कलरिङ भिडियोमा समावेश छ। 

३ दशकदेखि सांगितिक क्षेत्रमा सक्रिय ओकिलीको गुलाबी जाडो, झ्यालबाट हेरि लगायत गीतहरू चर्चित छन्।

 

Logo