मिलन खड्काको निर्देशनमा “अमिला कथा” सार्वजनिक (भिडियाेसहित)

मिलन खड्काको निर्देशनमा “अमिला कथा” सार्वजनिक (भिडियाेसहित)


ओ टु स्टुडियो एण्ड प्रोडक्शन हाउसको नयाँ प्रस्तुति "अमिला कथा" नामक गीत बजारमा आएको छ। मिलन खड्काकाे निर्देशनमा बनेकाे याे गीत ओ टु स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

लोकप्रिय गायक तथा संगितकार सुबिन सेञ्चुरीको स्वर एवं संयाेजन रहेको गीतमा उनै सेञ्चुरी र प्रतिक्षा खतिवडाकाे मार्मिक तथा यथार्थपरक अभिनय देख्न सकिन्छ।

यस भिडियोको डिजाइनिङ र सम्पादन हिम सागर बमले गरेका छन् । यस भिडियाेकाे छायाङ्कन विकास मगर र सुमन मगरले गरेका छन्।

गीतमा पीडाले कुनै पनि व्यक्तिलाई कहाँदेखि कहाँसम्म पुर्याउँछ भन्ने कुरा देखाउन खोजिएको छ। याे भिडियाेमा पीडाले मानिसलाई कसरी परिवर्तन गर्छ भन्ने कुरा देख्न सकिन्छ। आफ्नो प्रेमिकाको मृत्युपछि प्रेमीको रोदन र वेदनालाई समेटिएको यो भिडियोमा कतिपय कुराहरू भने सस्पेन्स राखिएको छ। भिडियाे

 

Logo