संगीत घरले मनायाे पहिलाे वार्षिकोत्सव

संगीत घरले मनायाे पहिलाे वार्षिकोत्सव


ललितपुरमा रहेको सरु संगीत घरको प्रथम वार्षिकोत्सव मनाइएको छ । हाँस्यकलाकार किरण केसीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव मनाइएको हो ।

कार्यक्रममा ‘परफर्मेन्स अफ स्टुडेन्ट आर्टिस्ट’मा विजयी हुने सरु संगीत घरका विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । आर्या खनाललाई प्रथम, अनुस्किता पोखरेललाई द्वितीय, सुभम निरौलालाई तृतीय र प्रारूप प्रसाइँलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । विजयीले नगद तथा प्रमाणपत्र पाएका थिए ।

सरु संगीत घरका निर्देशक तथा संगीतकार डेनी निरौलाले कोरोना महामारीमा भर्चुअल माध्यमबाट पढाइएका विद्यार्थीहरूको प्रगतिबाट आफू खुसी भएको बताए ।

कार्यक्रममा विद्यार्थीहरूले २० वटा गायन तथा नृत्य प्रस्तुत भएका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डिल्ली पोखरेल, डिएसपी फडिन्द्र प्रसाइँ तथा समाजसेवी श्याम थापाको उपस्थिति थियो ।

Logo