राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता भाेलिदेखि सुरू हुने

राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता भाेलिदेखि सुरू हुने


नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्द्धनको लागि भाेलिदेखि काठमाडौंको भृकुटी मण्डपमा ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ आयोजना हुने भएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले प्रतियोगिताको आयोजना गर्न लागेको हो। प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरि यसकाे जानकारी दिएकाे हाे ।

कार्यक्रमबारे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका ७० टोलीले सहभागिता जनाउने बताए।

उनका अनुसार पहिलो दिन दिउँसो उद्घाटन सत्र १ बजेदेखि प्रारम्भ हुनेछ। प्रतियोगिता तीन दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म जारी रहने छ। प्रतियोगितामा दर्शकलाई यसपटक निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रनिङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै दोस्रो हुने टोलीले ट्रफी, पदक र १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँसहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्नेछन्।

Logo