गायक प्रमोद खरेल सवारी दुर्घटनामा, ४५ मिनेटपछि होस खुल्याे

गायक प्रमोद खरेल सवारी दुर्घटनामा, ४५ मिनेटपछि होस खुल्याे


गायक प्रमोद खरेलले आफू सवारी दुर्घटनामा परेको जानकारी दिएका छन्। दाङको तुलसीपुरमा हुने कार्यक्रममा सहभागी हुन होटेलमा जानेक्रममा बिहीबार साँझ आयोजकले चलाएको कार दुर्घटनामा परेको उनले बताएका हुन् । 

दुर्घटनामा परेपछि बेहोस भएका गायक खरेलको ४५ मिनेटमा होस खुलेको थियाे। राति नै डिस्चार्ज भएका गायक खरेल काठमाडौं आएर सिटी स्क्यानलगायत सबै परीक्षणपछि अहिले आराम गरिरहेको उनले जानकारी दिए । बाहिरी चोट भए पनि आन्तरिक रुपमा कुनै समस्या नदेखिएको र विस्तारै सामान्य हुनेक्रममा रहेको गायक खरेलको भनाइ छ ।

दुर्घटनामा परेपछि गायक खरेलले दुई चार दिन रेकर्डिङसहितका  सबै कार्यक्रम स्थगित गरेका छन् । 

यसबारे जानकारी दिँदै गायक खरेलले फेसबुकमा लेखेका छन् :

एउटा अर्को युद्ध जिन्दगीसँग काठमाण्डूमा रेकर्डींग सकेर हिजो साँझ नेपालंगज Flight लिएर दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राति १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भीर दुर्घटना मा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ। अर्ध निन्द्रा मै मेरो होश त्यहि गुमेछ। दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर bed मा बसाउँदा मात्र झण्डै ४५ मिनट पछि मेरो होश आएछ। त्यसपछि पनि करिब ५/७ मिनट कहाँबाट आए कहाँ छु पत्तै पाइनँ। गाडीको Air bag र seat belt ले ज्यान जोगाएछ। सँगैका २ आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो। राति ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमाडू आइपुगे। काठमाण्डूमा करिब ६ घण्टा अस्पतालमा Ct scan लगायत सबै जाँचपछि bed rest मा छु। बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ। बिस्तारै सामान्य हुने क्रममा छु। अब कम्ति मा ३/४ दिन सबै रेकर्डीग र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु। एक हिसाबमा फेरि एक पटक भगवान ले हात थामिदिनु भएको छ । उपचार सम्लग्न Dr Ranjan , Dr srijana , sister Manju , अन्य नर्सहरु ( Manmohan cardio Teaching hospital) , दाङ hospital, कर्ण ओली , बिमल ढकाल भाइ लगायत सम्पूर्ण प्रति कृतज्ञ छु ।

Logo