१६ असार २०७९ बिहीबार
1
1
1
1

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनविरुद्ध उजुरी

1
1
1
1

दक्षिण भारतीय फिल्मका प्रख्यात अभिनेता अल्लु अर्जुन केही समययता फिल्म ‘पुष्पा’का कारण चर्चामा थिए ।

उनको यो फिल्मले स्वदेशमा मात्र होइन, विदेशमा पनि लोकप्रियता पाएको थियो । अहिले यिनै अर्जुन पुनः चर्चामा छन् । उनको यो चर्चा फिल्मले मात्र नभई एक विज्ञापनका कारणले हो ।

अल्लु एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिएका छन् । सामाजिक कार्यकर्ता कोठा उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लुको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै अल्लुलाई कारवाहीको माग गरेका छन् ।

उनले अल्लुविरुद्ध विज्ञापनमा अभिनय गर्नका लागि र चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीमा उजुरी दिएका हुन् । उनले आममानिसलाई गलत सूचना दिएको भन्दै अल्लु र शैक्षिक संस्थानविरुद्ध मुद्धा चलाउनुपर्ने बताएका छन् ।

यसअघि अल्लु एक फुड डेलिभरी एपको मार्केटिङका लागि आलोचित भइसकेका छन् ।

- एजेन्सी

रंगिन संसार

प्रकाशित: २८ जेठ २०७९ १४:३२ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी