दक्षिण भारतीय अभिनेत्री प्रणितालाई पुत्री लाभ

दक्षिण भारतीय अभिनेत्री प्रणितालाई पुत्री लाभ


दक्षिण भारतीय चर्चित अभिनेत्री प्रणिता सुभाषले छोरी जन्माएकी छिन् । 

शुक्रबार उनले इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गरेर यो जानकारी दिएकी छिन् । प्रणिता सुभाष र उनका पति नितिन राजुको यो पहिलो सन्तान हो । यस विशेष अवसरमा अभिनेत्रीले आफ्नी छोरीसँगका केही तस्विरहरू पनि इन्स्टाग्राममा सेयर गरेकी छिन्, जसमा उनको भावपूर्ण तस्बिरलाई हेर्न लायक छ ।

तस्बिरमा, अभिनेत्रीले आफ्नो सानो छोरीलाई मायालु नजरले हेर्दै गरेको देखिन्छ । इन्स्टाग्राममा पोस्ट सेयर गर्दै प्रणिता सुभाषले आफ्नी छोरीको जन्मको कथा फ्यानहरूसँग सेयर गर्न आतुर रहेको बताइन् । 

आफ्नी छोरीसँगको मनमोहक तस्बिर सेयर गर्दै प्रणिता सुभाषले लेखिन 'पछिल्ला केही दिनहरू मेरा लागि धेरै अनौठो थिए । हामीसँग डा. सुनिल ईश्वर र उनको टोली थियो, उनीहरूले मेरो डेलिभरी धेरै सजिलो बनाए ।'

Logo