पल शाहकी बहिनी भन्छिन्- मुद्दा लड्न पैसा उठाएका छैनौँ

पल शाहकी बहिनी भन्छिन्- मुद्दा लड्न पैसा उठाएका छैनौँ


नाबालिग गायिकाको बलात्कारको आरोपमा ४ महिना देखी पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहकी बहिनी रोशनी राज्यलक्ष्मी शाहले मुद्दा लड्नका लागि भनेर हालसम्म कसैसँग पनि आर्थिक सहयोग नमागेको बताएकी छिन् ।

विभिन्न युट्युब च्यानल तथा सामाजिक सञ्जालमा पल शाहको मुद्दा लड्नको लागि भनेर मोटो रकम असुल गरिएको भन्ने सन्देश प्रवाह भएको र उक्त खबरले शाह परिवारको ध्यान आकर्षण भएको भन्दै रोशनीले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो परिवारले कुनै आर्थिक सहयोग नमागेको जानकारी गराएकी हुन् । 

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘केही युट्युब च्यानल र सञ्जालमा पल शाहको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरू आएकोले उक्त खबरले हाम्रो ध्यानाकर्षण गराएको छ । पल शाह न्यायिक हिरासतमा बसे देखी अहिले सम्म परिवारका सदस्य कसैले पनि कसैबाट आर्थिक साहयता लिएका छैनौँ र आर्थिक सहयोगका लागि कतै पनि आग्रह गरेका छैनौँ ।’ उनले पल शाहको नाममा पैसा नउठाउन पनि सबैलाई आग्रह गरेकी छन् ।

Logo