गायिका लाबोनीको नयाँ गीत सार्वजनिक

गायिका लाबोनीको नयाँ गीत सार्वजनिक


गायिका लाबोनी चक्रवर्ती प्रसाईंको नयाँ गीत सार्वजनिक भएको छ । 

गीतकार रवीमान सिंह बस्न्यातको शब्द रहेको गीतमा गायिका प्रसाईंको स्वर रहेको छ । गीतको भिडियोमा नेपालमा १० वर्षे द्वन्दकालमा नेपालीले भोग्नु परेको नियतिलाई आर्टमार्फत प्रस्तुत गरिएको छ । 

त्यस्तै २०७२ सालको भूकम्पको क्षति र त्यसपछिको समस्या तथा कोरोना महामारीले निम्त्याएको विपद्लाई पनि समेटिएको छ । गीतमा लाबोनी-प्रमोदको संगीतमा रिदम कंडेलले संगीत संयोजन गरेका छन् । गीतको भिडियो (एसएसएसआर क्रियसन) मार्फत सार्वजनिक गरिएको छ । 

लाबोनीका याे जिन्दगी अप्ठ्यारोमा…, देश नदुखोस्…, आमा… लगायत गीत चर्चित छन् । भारतको काेलकात्तामा जन्मिएकी लाबोनीले बंगाली भाषामा पनि थुप्रै गीत गाएकी छन् । 

Logo