तीज गीतमा सीमा निर्धारण, के हो कारण ?

तीज गीतमा सीमा निर्धारण, के हो कारण ?


तीज गीतमाथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रेकर्डमा सिमा निर्धारण गरेको छ। तीज गीतका नाममा सामाजिक सद्भाव असर पर्ने अभद्र द्विअर्थी लाग्ने किसिमको गीत बजारमा नल्याउन आग्रह गरेको छ। 

प्रतिष्ठानका अध्यक्ष रमेश बिसीले एक विज्ञप्ति जारी गर्दै संस्थागत आग्रहलाई वास्ता नगरेमा  साधारण सदस्यता लगायत संस्थागत सेवाबाट समेत बञ्चित गर्ने चेतावनी दिएका छन्। पछिल्ला केही समयमा तीज गीतको नाममा विकृति बढ्दै गएको गुनासो बढेको श्रोताका गुनासालाई ध्यानमा राखेर प्रतिष्ठानले यस्तो आग्रह गरेको हो। 

‘यस वर्ष पनि प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रतिष्ठानले जारी गरेको जारी विज्ञप्तिमा भनिएको छ।  सर्जक, गायक, गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकमा सामाजिक सद्भावमा खलल पुर्‍याउने एवं अभद्र र द्विअर्थी अपाच्य शब्द सामग्री प्रयोग गरी संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न नगराउन आग्रह गर्छौँ।’ विज्ञप्तिमा भनिएको छ । 

यस्तो छ विज्ञप्ति..

Logo