भीषण र अभियन्ताको गीत ‘ए छोरी, ए बाबा’ सार्वजनिक

भीषण र अभियन्ताको गीत ‘ए छोरी, ए बाबा’ सार्वजनिक


चर्चित गायक तथा संगीतकार भीषण मुकारुङ र उनकी छोरी अभियन्ता मुकारुङको स्वरमा ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ । 

दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी हुन् । सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरुको गीतमा कभर भर्सनमा रेकर्ड गराएपनि यो आफ्नै पहिलो गीत हो। गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

बाबु र छोरी बीचको माया ममता र सम्बन्धमा आधारित गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बु (सुमित्रा प्रवृत्ति)ले लेखेकी हुन् ।  लामो समयपछि उनले आफ्नै श्रीमान र छोरीका लागि गीत लेखेकी हुन् । भीषण आफैंले संगीत गरेको गीतको रेकर्डिङ उनैले सञ्चालन गरेको पृथक रेकड्समा गरिएको हो । गीतलाई कुशल सिहले एरेञ्ज, दिल सार्कीले रेकर्डिङ तथा दीप घतानीले मास्टरिङ तथा मिक्सिङ गरेका हुन् । भिडियोको छायाँकन र सम्पादन मनोज राईले गरेका छन् ।

Logo