जगदम्बा सुपर साइन ‘आइएमई नेपाल लोकस्टार २’ पावर बाई स्पोन्सर

जगदम्बा सुपर साइन ‘आइएमई नेपाल लोकस्टार २’ पावर बाई स्पोन्सर


नेपालको मौलिक लोक संगीतमा आधारित रियालिटी शो ‘आइएमई नेपाल लोकस्टार’ को दोस्रो सिजनको लागि पावर बाई स्पोन्सरका रुपमा जगदम्बा स्टील्स अन्र्तगतको जगदम्बा सुपर साइन जस्तापाता अनुवन्ध भएको छ । लोकस्टारको डिजिटल अडिसन हालै सम्पन्न भएको छ जहाँ हजारौं प्रतिभाहरुले लोकस्टार सिजन २ को उपाधि जित्ने आकांक्षासहित आवेदन गरेका छन् । यी आवेदनमध्येबाट छानिएका प्रतिभासँगै देशका बिभिन्न स्थानमा हुने फिजिकल अडिसनबाट पनि प्रतिभाहरुको छनौट गरिने छ ।

जगदम्बा स्टील्सका महाप्रबन्धक, मनोज तिवारी र हिमालय टेलिभिजनका अध्यक्ष, धर्मराज भुसालका बीच काठमाडौं स्थित ¥याडिसन होटलमा बिहीबार आयोजित विशेष समारोह बीच सम्झौता हस्ताक्षर भएको हो । 

यसैवीच दोस्रो सिजनका लागि निर्णायकहरुको छनौट गरिएको छ । नेपाली लोकसंगीत शिख पुरुष कुमार बस्नेत यसपटक नेपाल लोकस्टारको निर्णायकका रुपमा अनुबन्ध भएका छन् । उमेरले झण्डै ८० बर्ष पुग्न लागेका बस्नेत नयाँ पुस्ताका प्रतिभा तिखार्ने अभिलासा बोकेर लोकस्टारमा निर्णायकका रुपमा अनुबन्ध भएका हुन् ।  

यसैगरी चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर पनि निर्णायकका रुपमा अनुवन्ध भएकी छिन् । पहिलो सिजनमा पनि निर्णायक रहेका रामजी खाँड यसपटक पनि लोकस्टारमा निर्णायककै रुपमा रहने छन् । यस्तै चर्चित लोक दोहोरी गायक कुलेन्द्र बिश्वकर्मा पनि यो सिजनको निर्णायक छन् । 

लोकस्टार सिजन २ लाई फिल्म एवं रियालिटी शोहरुको सफल निर्देशन गरिसकेका निर्देशक शिमोस सुनुवारले निर्देशन गर्ने छन् भने चर्चित एरेन्जर एवम् संगीतकर्मी आशिष अबिरल संगीत निर्देशकका रुपमा अनुवन्धित भएका छन् । चर्चित लोकगायक प्रकाश सपुत कार्यक्रम सञ्चालक एवं ब्राण्ड आइकनका रुपमा रहने छन् । 

Logo