आर माधवनले तनु वेड्स मनु’ को तेस्रो सिक्वेल नखेल्ने

आर माधवनले तनु वेड्स मनु’ को तेस्रो सिक्वेल नखेल्ने


आर माधवनर्ले  तनु वेड्स मनु’ को तेस्रो सिक्वेल नखेल्ने भएका छन् । 

यो फिल्मको पछिल्लो दुईवटै सिक्वेलले (तनु वेड्स मनु र तनु वेड्स मनु रिटर्न) दर्शकबाट निकै प्रसंशासँगै राम्रो ब्यापार पनि गरेको थियो । तनु वेड्स मनुको सिक्वेलमा अब देखाउन केहि बाँकि नरहेको र एउटै कुरा धेरै पटक देखाउनुको औंचित्य नरहेको माधवन बताउछन् ।’ उनी थप्छन्,  वास्तबिक कथावस्तु ल्याउनु आफैँमा एउटा चुनौती हो । 

यस्ता फिल्महरु आमदर्शकलाई पनि निकै मनपर्छ । यदि मैले गरेको फिल्र्म एभेन्जर्स’ वा सुपरहिरोसँग सम्बन्धित फिल्म भएको भए पहिले नै कथावस्तु थाहा पाइन्थ्यो, जसले गर्दा कलाकारहरुलाई काम गर्न सहज हुन्थ्यो । तर तनु वेड्स मनुको सिक्वेलमा आफुले गर्न र नयाँ देखाउन केहि बाँकि नरहेको’ उनी बताउछन् । रकेट्री द नम्बी इफेक्ट’को प्रिमियरमा बोल्दै उनर्ले  रेहेना हे तेरे दिलमे’ फिल्मको सिक्वेल निकाल्न लागेको कुरालाई पनि बेवकुफिपनको नमुना भनेका छन् । र यो फिल्ममा आफू प्रोड्युसर नबन्ने बताएका छन् । 
 

Logo