‘अवतार द वे अफ वाटर’ मा केटको लुक्स सार्बजनिक

‘अवतार द वे अफ वाटर’ मा केटको लुक्स सार्बजनिक


टाइटानिक अभिनेत्री केट विन्सलेटद्धारा अभिनित चलचित्र 'अवतार द वे अफ वाटर’मा केटको लुक्स सार्बजनिक भएको छ । 

हलिउड म्यागेजिन द अम्पायरमा सो पोष्टर सार्बजनिक भएको हो । विश्वब्यापी रुपमा यहि वर्षको डिसेम्बर २१ अर्थात पुष १ गते रिलिज हुन गइरहेको छ । म्यागेजिनमा सार्बजनिक गरिएको लुक्समा उनलाई निकै हिंस्रक रुपमा देखाइएको छ । तिखा दुई दाँत र ठुला-ठुला आखाँमा उनलाई निकै डरलाग्दो मुड्मा देखाइएको छ ।

नायिका केट र बहुचर्चित निर्देशक जेम्स क्यामरुम टाइटानिक रिलिज भएको २६ वर्षपछि पुन एकअर्कासँग काम गरेका छन् । ओस्कार बिजेता नायिका केटको फिल्मको नाम रोनल हुनेछ । आफू अवतारको सिक्वेलमा निडर, बफादार र बलियो कमान्डरको भुमिकामा रहेको जानकारी उनले म्यागेजिनलाई दिएकी छन् ।

सन् २००९ मा रिलिज भएको अवतारले विश्वब्यापी रुपमा २.८४ बिलियन अर्थात नेपाली रु.३ खरब बराबरको ब्यापार गरेको थियो । यो फिल्म हालसम्म पनि विश्व फिल्मी जगतमा सबैभन्दा धेरै कमाउने फिल्मको शिर्ष स्थानमा छ । 
 

Logo