१ हजार करोड व्यापार गरेका राजमौलीले गरे महाभारतबारे ठूलो खुलासा

१ हजार करोड व्यापार गरेका राजमौलीले गरे महाभारतबारे ठूलो खुलासा


एसएस राजमौलीले आफ्नो प्रोजेक्ट ‘महाभारत’को योजनाबारे ठूलो खुलासा गरेका छन । 

मिडियासँग कुरा गर्दै भारतीय महाकाव्यलाई ठूलो पर्दामा ल्याउन आफूभन्दा राम्रो उम्मेदवार अरू कोही हुन सक्दैन भनेका छन । 
राजामौली आफ्ना फिल्महरूलाई अझ ठूला र राम्रो बनाउनका लागि ‘ महाभारत’ उनको लामो समयदेखिको ड्रीम प्रोजेक्ट भएकाले बाँकी विश्वलाई भारतीय पौराणिक कथा सुनाउने बताए ।

हालै रिलिज भएको फिल्म ‘आरआरआर’ ले बक्स अफिसमा एक हजार करोडभन्दा बढीको कमाई गरेको थियो ।
यो फिल्ममा एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन जस्ता धेरै स्टारहरु देखिएका थिए । एसएस राजामौलीले निर्देशन गरेको ’बाहुबली’ शृंखलाले भारतीय सिनेमाको इतिहासमा बक्स अफिसमा सबैभन्दा धेरै कमाइ गरेको थियो । यस्तो अवस्थामा अब सबैको नजर एसएस राजामौलीको आगामी प्रोजेक्टहरूमा छ । रिपोर्टका अनुसार एसएस राजामौली आगामी प्रोजेक्ट ‘महाभारत’ को तयारीमा जुटेका छन् ।

तर, एसएस राजामौलीले यसलाई सुरु गर्न निकै समय लाग्ने बताए । उनले यो भन्दा पहिले ३ /४ वटा चलचित्रमा काम गर्नेछन ।
 

Logo