सबैभन्दा धेरै हेरिएको चलचित्र कुन होला ? थाहा पाउँदा पर्नुहुनेछ चकित !

सबैभन्दा धेरै हेरिएको चलचित्र कुन होला ? थाहा पाउँदा पर्नुहुनेछ चकित !


भोजपुरी भाषाले अहिलेसम्म भारतीय संविधानमा संवैधानिक भाषाको मान्यता नपाएको भए पनि भोजपुरी बोल्ने र बुझ्नेहरूले युट्युबमा नयाँ कीर्तिमान बनाएका छन । 

भोजपुरीमा रिलिज भएको फिल्म विश्वमा सबैभन्दा धेरै हेरिने फिल्म बन्ने सोच्दा अचम्म लाग्छ । तर, यो अचम्मको काम निर्देशक प्रशान्त नील र अभिनेता यश स्टार सम्मिलित फिल्म ‘केजीएफ’ ले गरेको छ । 

‘केजीएफ’ फ्रेन्चाइजी भारतीय सिने उद्योगकै सबैभन्दा सफल फिल्म फ्रेन्चाइज बनिसकेको छ । यो फिल्मको पहिलो स्क्विेल अर्थात केजिएफले युट्यूभमा ६ सय १६ मिलियन पटक हेरिएको छ । यो सिरिजको पहिलो फिल्मले नयाँ कीर्तिमान बनाएपछि भोजपुरी फिल्म उद्योगमा आशाको नयाँ लहर पैदा भएको छ ।

‘केजीएफ’ र ‘केजीएफ २’ को व्यापार भारत र विश्व ब्यापी रुपमा निकै राम्रो गरेको थियो । हालै हलमा रिलिज भएको ‘केजीएफ २’ ले विश्वभरका सिनेमा हलमा करिब १२ सय करोड भन्दा बढिको कमाइ गरेको छ । 

यसअघि रिलिज भएको ‘केजीएफ’ को व्यापारलाई पनि जोड्ने हो भने दुवै फिल्मले समग्रमा सिनेमाघरबाट मात्रै करिब १५ सय करोडको व्यापार गरिसकेको छ ।

यो फ्रेन्चाईजीको पहिलो फिल्म ‘केजीएफ’ सन् २०१८ मा रिलिज भएको थियो । यो फिल्मको युट्युभ अधिकार गोल्डमाइन्ससँग छ । यो दक्षिण भारतीय एक प्रसिद्ध कम्पनी हो जसले बिभिन्न भाषाको फिल्मलाई डब गरि युट्यूभमा रिलीज गर्छ । 

Logo