पोर्न फिल्ममा लागेकाहरु रिटायर्डमेन्ट पछि के गर्दैछन ?

पोर्न फिल्ममा लागेकाहरु रिटायर्डमेन्ट पछि के गर्दैछन ?


पोर्न फिल्म उद्योगमा आफ्नो करियर समाप्त भएपछि पोर्न स्टारहरूले के गर्छन ? यो प्रश्न तपाईको मनमा आएको हुनुपर्छ । यसको जवाफ सन् २०१२ मा आएको ब्रायन्स वाग्नरको फिल्म  ‘आफ्टर पोर्न इन्डस’ मा पाइन्छ । यो फिल्मले पोर्न फिल्म छोड्ने मानिसको पिरव्यथा र सफलताको विषयमा बताउँछ । 
पोर्न फिल्ममा लाग्ने कोहि सफल त कोहि असफल हुन्छन् । आज यसै बिषयमा रहेर हामी केहि पोर्न फिल्मबाट टाढा भइसकेका कलाकारहरुको बारेमा जान्नेछौं । 

१.जोनी केस : जोनी पोर्न फिल्ममा लाग्ने पहिलो अश्वेत नागरिक हुन । गरिब परिवारमा जन्मिएका उनी सेनामा पनि भर्ति भएका थिए । त्यसपछि उनी बक्सिङमा च्याम्पियन पनि भए । त्यसपछि उनी ड्रामाको डिग्री लिएर संगीतमा  लागे । जसले गर्दा सन् १९७२ मा उनलार्ई  बिहाइन्ड द ग्रिन डोर’ नामको पोर्न फिल्म खेल्ने मौका पाए । उनी पोर्न फिल्मबाट रिटायर्ड भएर गायक बनेका थिए । आफ्नो छोरासँग मिलेर बास्केटबल कोर्ट चलाएर बसेका उनको ७८ वर्षको उमेरमा स्ट्रोकका कारण सन् २०१८ मा मृत्यु भएको थियो । 

२. चेजि लेन : चेजि लेनले आफ्नो करिअरको शुरुआत डान्सर भएर गरेकी थिईन । तर पोर्नमा राम्रो पैसा र नाम बन्ने बुझेर उनी यो क्षेत्रमा आईन । उनी आफ्नो समयकी सबैभन्दा बढी पैसा लिने पोर्न कलाकार थिईन । हाल चेजि पोर्न फिल्मबाट रिटायर्ड भएर आफ्नो स्कुल लाइफ पून सुरु गरेकी छिन । 

३. जर्जिना स्पेलभिन : जर्जिनाले कहि कतै काम नपाएपछि पोर्न फिल्ममा आएकी थिइन र्।  द डेभिल इन मिस जोन्स’ फिल्ममा काम गरेपछि उनी निकै प्रसिद्ध भएकी थिइन । पोर्न फिल्मबाट रिटायर्ड भएपछि उनले अफिसमा काम गर्न थालिन र हाल उनी त्यो अफिसबाट पनि रिटायर्ड भएर पेन्सन लिइरहेकी छिन ।

४. लिङगर ल्यान : लिङगर ल्यान ८० र ९० को दशकर्मा  गर्ल नेक्सस डोर’ फिल्ममा अभिनय गरेकी थिइन । बिकिनी कन्टेस्टबाट आफ्नो करिअरको शुरुआत गरेकी उनले पोर्न फिल्ममा धेरै वर्ष राज गरेकी थिइन । उनी आफ्नो समयकी सबैभन्दा बढी पैसा लिएर पोर्न फिल्म खेल्ने कलाकार बनेकी थिइन । उनी पोर्न फिल्मबाट रिटायर्ड भएपछि एक्टिङ क्लास सिकेर विंग कमांडर, अमेरिकन पाई, द डेविल रिजेक्ट्स र ३१ फिल्ममा काम गरेकी थिइन । 

५. लिजा आन : पेन्सिलभेनिया बस्ने उनी स्ट्रिपरका रुपमा आफ्नो करिअर शुरु गरेकी थिइन । स्ट्रिपरमा काम गर्नुको मुख्य उद्देश्य उनलाई डान्स सिक्नु थियो । उनी १५ वर्षको उमेरमै सबैतिर चिनिने भइसकेकी थिइन । यसैकारण उनलाई भाइस प्रेसिडेन्टसँग काम गर्ने मौका मिल्यो । यसैकारण उनी पोर्न फिल्ममा पस्न र पोर्न फिल्ममा आफ्नो स्टारडम कायम राख्न सफल भइन । आज भोली उर्नी साइरस एक्सएम’मा आफ्नै फ्यान्टेसी स्पोस्ट्स रेडियो शो चलाउछिन् । 

६. जनिन लिन्डेमल्डर : जनिनले मोडलिङ एक्टरबाट आफ्नो करिअरको सुरुआत गरेकी थिइन । यसैलाई माध्यम बनाउदै उनी पोर्न फिल्ममा प्रवेश गरेकी थिइन । पोर्न फिल्म मार्फत नै उनलाई एग्जोटिक नाचमा सफलता मिलेको थियो । बिवाह पछि जनिनले पोर्न फिल्मबाट रिटायर्ड लिएकी थिइन । उनलाई रिटायर्ड पछि ट्याक्स नभरेको आरोपमा जेल चलान गरिएको थियो । हाल उनी आफ्नो बाँकि जिवनलाई आरामसँगले जिउनका लागि ओरेगन कोस्ट गएकी छिन् । 

७. ब्राइटनी एन्ड्रीस : ब्राइटनीले पोर्न फिल्मको शुरुआत नै पोर्न फिल्मलाई बिजनेसको रुपमा अगाडी बढाउनका लागि गरेका थिए । उनले पोर्न फिल्मका लागि आफै भिडियो बनाएर पठाउने गर्थे । उनले प्ले ब्याय म्यागेजिनका लागि पनि फोटो खिचाएका छन् । उनी हाल डिजेसँगै आफ्नो डिजे क्लब संसारभर चलाउछन् । 

८. ड्यारेन जेम्स : जेम्स पोर्न फिल्ममा प्रवेश गरेर पोर्न फिल्ममा प्रोलिफिक – एक पदबी) पनि पाए । तर ब्राजिलमा पोर्न फिल्मकै लागि एक ठुलो प्रोजेक्टमा काम गर्ने सिलसिलामा उनलाई एच आइभि लाग्यो । हाल उनी एच आइभि बिरुद्ध बोल्ने काममा सक्रिय छन । 

  • एजेन्सीकाे सहयाेगमा ।

   
 
 

Logo