दुई पोस्टरमा ‘म’

दुई पोस्टरमा ‘म’


फिल्म ‘म’ को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टर कान्तिपुर फिल्म एकेडेमीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अनुसार नयाँ अनुहार संजोग रसाइलीको वरिपरि कथा र अन्य पात्रहरू घुमेको अनुमान लगाउन सकिन्छ । संजोग फिल्म एकेडेमीका अभिनयका विद्यार्थी हुन् । उनले यसै फिल्ममार्फत अभिनयमा डेब्यू गरेका हुन् । निर्माण टिमले केही दिनअघि एक मिनेटको टिजर सार्वजनिक गरेको थियो ।

टिजर र पोस्टर अनुसार निशा अधिकारी डाक्टर, रुविना थापा नर्स, निराजन प्रधान पुलिस अफिसर, नरेन खड्का ग्याङ्स्टार लुक्समा देखाइएको छ । टिजरमा सरोज खनाल, सविन श्रेष्ठ, सरिता लामिछाने र पुनम श्रेष्ठलाई देखाइए पनि उनीहरूको चरित्र खुलाइएको छैन । फिल्मको निर्देशक सुवर्ण थापा हुन् । उनले बनाएको फिल्म ‘सुनगाभा’ले समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाएको थियो । उनको नयाँ फिल्म ‘राधा’ आगामी १० भदौमा रिलिज हुँदैछ ।

फिल्ममा तेन्जिङ पाल्देनको छायांकन, बनिष शाहको सम्पादन, विमला हुमागाई र पदम पुरीको निर्माण तथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीका लेखन तथा क्रिएटिभ प्रोड्युसर छन् । कान्तिपुर सिनेमाजको प्रोडक्सन र कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतीमा निर्माण भएको यो फिल्म २० साउनबाट रिलिज हुँदैछ ।

Logo