जोनिक फिनिक्स जोकर २ मा पुन: देखिने, उनको पारिश्रमिक सुन्दा तपाईको होस उड्नेछ

जोनिक फिनिक्स जोकर २ मा पुन: देखिने, उनको पारिश्रमिक सुन्दा तपाईको होस उड्नेछ


जोनिक फिनिक्सद्वारा अभिनित चलचित्र ‘जोकर’ को सिक्वेल आउने भएको छ । सिक्वेल फिल्मको शीर्षक ‘जोकर : फोली ए ड्युक्स’ राखिएको छ । यो फिल्म सन् २०२४ मा आउनेछ । टोड फिलिप्सद्वारा निर्देशित पहिलो फिल्म जोकर सन् २०१९ मा रिलिज भएको थियो ।

पहिलो चलचित्र रिलिज भएको पाँच वर्षपछि यसको सिक्वेल फिल्म सन् २०२४ को अक्टोबर ४ का दिन विश्वव्यापी रुपमा विभिन्न हलहरुमा प्रर्दशन हुनभएको हो ।  

जोकिन फिनिक्सद्वारा अभिनित सो चलचित्रले ओस्कार जितेको थियो । फिल्म ‘जोकर’ को सिक्वेल ‘जोकरः फोली ड्युक्स’ म्युजिकल एक्सन ड्रामा आधारित हुनेछ । रिपोर्टका अनुसार गायिका लेडी गागाले यस फिल्ममा हार्ले क्विनको क्लाउन प्रिन्सको भूमिका निभाउन सक्छिन् । 

फिनिक्सले मोटो रकम पाउने

‘जोकर’ फिल्मलाई स्ट्यान्डअलोन फिल्म हुने भनिएको थियो तर यसलाई विश्वभर १ अर्ब मानिसले हेरिसकेका छन् । पहिलो फिल्मको सफलता देखेर नै डिटेक्टीभ कमिक ९डिसी०ले यस फिल्मको सिक्वेल बनाउने भएको थियो ।

अभिनेता जोनिक फिनिक्सले पनि आर्थर फ्लेकको भूमिकामा पुन : दोहोरिन डीसीसँग ठूलो पैसा मागेका छन् । उनले डीसीसँग जोकरको सिक्वेलमा काम गर्नका लागि २० मिलियन डलर अर्थात २ अर्ब ५४ करोड ५५ लाख बराबरको पैसा लिएका छन् । 

रिपोर्टका अनुसार टोड फिलिप्स नै जोकर फिल्मको सिक्वेल निर्देशन गर्न फर्कदैछन् । उनीद्वारा निर्देशित जोकरले कुल ११ ओस्करका लागि उपस्थिती जनाएको थियो ।  जसमा उत्कृष्ट अभिनेता तर्फको ओस्कार अवार्ड जोनिक फिनिक्सले जोकरमा गरेको अभिनयका लागि जितेका थिए ।

जोकरको फिल्मले विश्वव्यापी रुपमा १ बिलियन भन्दा बढीको ब्यापार गरेको थियो । हाल निर्देशक टोड फिलिप्स, स्कट सिल्भरसँग जोकर २ अर्थात ‘जोकरः फोली ड्युक्स’ को कथा र स्क्रिप्टमा काम गरिरहेका छन् ।

Logo