एकैदिन रिलिज हुँदै लाल सिंह चड्डा र रक्षाबन्धन,के दुबै स्टारको कम व्याक सुखद होला ?

एकैदिन रिलिज हुँदै लाल सिंह चड्डा र रक्षाबन्धन,के दुबै स्टारको कम व्याक सुखद होला ?


बलिउड सुपरस्टार आमिर खान अभिनित फिल्म लाल सिंह चड्डा र अभिनेता अक्षय कुमारको फिल्म रक्षाबन्धनको पहिलो दिनको अग्रिम बुकिङको तथ्याङ्क बाहिर आएको छ । यी दुई फिल्म एकै दिन रिलिज हुँदैछन् । 

यस्तो छ दुवै फिल्मको सुरुवाती अवस्था..

बलिउड सुपरस्टार आमिर खान र अक्षय कुमारको फिल्म बक्स अफिसमा चर्को प्रतिस्पर्धाका लागि उभिएका छन । आमिर खानको फिल्म लाल सिंह चड्डा र अक्षय कुमारको फिल्म रक्षा बन्धन दुबै फिल्म यहि अगस्ट ११ का दिनसँगै रिलिज हुँदैछन् । यी दुवै चलचित्रलाई लिएर दर्शकमाझ निकै चर्चा भईरहेको छ ।

यसअघि दुवै फिल्मका निर्माताले आ–आफ्नो फिल्मको अग्रिम बुकिङ सुरु गरिसकेको बताएका थिए । जुन २४ घण्टाभन्दा बढी भइसकेको छ । २४ घण्टाको रिपोर्टलाई हेर्दा सुपरस्टार आमिर खानको फिल्म लाल सिंह चड्ढा अक्षय कुमारको रक्षा बन्धनभन्दा निकै अगाडि बढिरहेको छ ।

आमिर खानको फिल्मले पहिलो दिन अग्रिम बुकिङमार्फत ७४ लाख टिकट बुक गरिसकेको छ । यस्तै अक्षय कुमारको फिल्म रक्षाबंधनले अग्रिम बुकिङको पहिलो दिन अहिलेसम्म ६७ लाख टिकट बुक गरेको छ । यस्तो अवस्थामा पहिलो दिनको अग्रिम बुकिङको तथ्यांकमा अक्षय कुमारभन्दा आमिर खान निकै अगाडि छन् । 

‘ठग्स अफ हिन्दोस्तान’को निरासजनक कमाईपछि आमिर खान पहिलो पटक थिएटरमा फर्किएका छन् । उनको फिल्म ठग्स अफ हिन्दुस्तान सन् २०१८ मा रिलिज भएको थियो । यसपछि आमिर खान ४ वर्षपछि फिल्मी पर्दामा देखिने भएका हुन् । 

अक्षय कुमार पछिल्लो पटक सम्राट पृथ्वीराज र बच्चन पाण्डे फिल्ममा देखिएका थिए । अक्षय कुमारको पनि पछिल्लो दुवै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेनन् । यस्तो अवस्थामा यी दुवै स्टारका लागि यी फिल्म निकै महत्वपूर्ण साबित हुन सक्छ ।

दुबै स्टारको फरक फरक फ्यान बेस छ । यस्तो अवस्थामा दुबै फिल्मले रिलिजको दिन दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछन् त्यो हेर्नु रोचक हुनेछ ।
 

Logo