एयरहोस्टेसको रइस लाईफ

ब्रिगिटा जागीलाभिसियुटीले इन्ष्टाग्राममा अपलोड गरेको फोटोलाई हेर्ने हो भने उनी कुनै धनाढ्यकी एक्लो पुत्री हुन् भन्ने भान हुन्छ । नियमित रुपमा इन्ष्टाग्राममा फोटो अपलोड गर्ने ब्रिगिटाले आफ्नो स्टाटसमा ७४ भन्दा बढी देशको भ्रमण गरेको तस्विरहरु अपलोड गरेकी छिन् । यस्तो किसिमको तस्विर खिच्ने मौका भने उनको पेशाले मिलाएको हो । लिथुवानीयाकी ब्रिगिटा ईमिरेट्स एयरलाईन्समा एयरहोस्टेसको रुपमा काम गर्छिन् ६ अंक बराबरको तलव खाने ब्रिगिटाले आफ्नो यात्राको अवधिमा उत्त तस्विरहरु खिचेर अपलोड गरेकी हुन् ।