मिस वमवमका प्रतियोगी सार्वजनिक

ब्राजिलमा बार्षिक रुपमा अयोजना हुने मिस वमवम प्रतियोगिता प्रति विश्वकै ध्यान आकर्षित भैरहेको हुन्छ । यो बर्ष आयोजना हुने प्रतियोगिताका २७ जना फाइनलिष्टहरुलाई आयोजकले विश्वकपको पूर्वसंध्या पारेर सार्वजनिक गरेको छ । सार्वजनिक गर्ने क्रममा प्रतियोगिहरुले ब्राजिलको राष्ट्रिय फुटबल टिमले लगाउने जर्सिको रंगका स्विम सुट लगाएर प्रस्तुत भएका थिए । आगमी अप्रिल महिना देखि अनलाईन भोटिङ शुरु हुने यो प्रतियोगिताको फाइनल नोभेम्बर महिनामा हुने छ ।