घर र पसल अघि कागती र खुर्सानी झुन्ड्याउनुको वैज्ञानिक कारण यस्तो छ

घर र पसल अघि कागती र खुर्सानी झुन्ड्याउनुको वैज्ञानिक कारण यस्तो छ


तपाईले देख्नु भएको होला धेरै मानिसहरु आफ्नो घर र पसल बाहिर कागती खुर्सानी झुण्ड्याउँछन् ।

यसमध्ये कोहि कोहि त आफ्नो गाडीमा समेत कागती खुर्सानी राख्छन् । कतिपय मानिसहरु यस्तो कार्यलाई अन्धविश्वास मान्छन् । तर कोहि भने कागती खुर्सानी झुण्ड्याउनमा विश्वास गर्छन् । कागती खुर्सानी झुण्ड्याउँदा आफ्नो घर र सम्पत्तीमा नजर लाग्दैन भन्ने मानिसहरुको विश्वास छ । मानिसहरु कागती र खुर्सानी दुष्ट शक्तिहरूबाट बच्न यसलाई आफ्नो घरमा झुण्ड्याउँछन् । तर कागती खुर्सानीलाई घरबाहिर झुण्ड्याउनुको पछाडि वैज्ञानिक कारण रहेका छ । 

यसको पछाडीको विज्ञान के हो ? 

घर वा पसल अगाडी कागती खुर्सानी झुण्ड्याउनुको पछाडि विज्ञान लुकेको छ । वास्तवमा, जब हामी आफ्नो आँखा अगाडी खुर्सानी र कागती देख्छौं, तब हामी आफ्नो मनमा यसको स्वाद महसुस गर्न थाल्छौं । यसै कारणले गर्दा हामी यी चिजहरुलाई धेरै बेर देख्न सक्दैनौं र तुरुन्तै आफ्नो ध्यान त्यहाँबाट हटाउँछौं ।

स्वास्थ्यको पनि सुरक्षा गर्छ

यसका साथसाथै वैज्ञानिक दृष्टिले हेर्ने हो भने कागती निकै अमिलो र खुर्सानी निकै तिखो हुन्छ । ढोकामा झुण्ड्याउँदा वा अन्यत्र झन्ड्याउँदा त्यसको गन्धका कारण झिंगा र कीरा घरभित्र पस्न पाउदैनन । यसले वरपरको वातावरणलाई पनि शुद्ध बनाउँछ । 

प्लास्टिक कागती खुर्सानी नझुण्ड्याउनुुहोस् 

अहिले बजारमा प्लास्टिकबाट बनेको कागती खुर्सानी पनि पाइन्छ । धेरैले यसलाई आफ्नो घर र पसलमा झुण्ड्याउँछन् । यस्तो प्रकारको कागती वा खुर्सानी कुनै कामको हुदैन । किनभने यसबाट न कुनै गन्ध आउँछ, न त यसले हाम्रो स्वास्थ्यमा नैक कुनै फाइदा पुर्याउछ । त्यसैले बजारमा पाइने प्लास्टिकको कागती खुर्सानी नझुन्ड्याउनुहोस् । यसको साटो घरमा सधैं ताजा कागती र खुर्सानीको प्रयोग गर्नुहोस र दिनहुँ परिवर्तन गर्नुहोस ।

Logo