मुलुकलाई सही दिशामा ल्याउन एमालेको सरकार आवश्यक छ : विष्णु पौडेल

मुलुकलाई सही दिशामा ल्याउन एमालेको सरकार आवश्यक छ : विष्णु पौडेल


नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले मुलुकलाई सही दिशामा ल्याउन एमालेको सरकार आवश्यक रहेको बताएका छन् ।

शनिबार रुपन्देही व्यापार संघको २१औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले सरकारले नीतिगत रूपमा परिवर्तन नगरेसम्म निजी क्षेत्रले भोग्दै आएका समस्या समाधान नहुने बताएका हुन् । 

उनले आर्थिक संकट समाधानको क्षमता वर्तमान सरकार र सरकारको नेतृत्व गरेका दलहरुसँग नभएको भन्दै टिप्पणी गरेका छन् । वर्तमान सरकारले अंगीकार गरेका गलत नीति र सत्ता सञ्चालनमा असक्षमताले अर्थतन्त्र धराशाही बन्दै गएको बताएका छन्। 

‘बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीमा संकट देखापरेको छ। तरलता संकटकै कारण बैंकहरूले राम्रोसँग ऋण प्रवाह गर्न पाएका छैनन्। जसले गर्दा प्रत्यक्ष रूपमा उद्यमी व्यवसायीहरूले ऋण पाएका छैनन्’ पौडेलले भने।

आफूले दुईपटक अर्थ मन्त्रालयको जिम्मेवारी बहन गर्दा नाकाबन्दी, भूकम्प तथा कोराना जस्ता असहज परिस्थितिको समाना गरेको भए पनि आर्थिक अवस्थालाई बिग्रन नदिएको उनको दाबी छ । 

Logo