कार्तिक २८ गते मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

कार्तिक २८ गते मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने


कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । अल्का अस्पतालले गत वर्ष झैँ यस वर्ष पनि वृहत मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

स्वास्थ्य शिविरबाट अस्पतालले २०० जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ । अस्पतालले शिविर सञ्चालनको दिन मधुमेह सम्बन्धी आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्ने अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीले बताए । उनले शिविरमा निःशुल्क एचबीएवानसी, पीपी फास्टिङ र -यान्डम ब्लड सुगर परीक्षण हुने बताए । 

उनले भने- ‘विश्व मधुमेह दिवस २०२२ नोभेम्बर १४ को अवसरमा अल्का अस्पतालले कार्तिक २८ गते सोमवार मधुमेह रोग सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम गर्दैछ । यस अवसरमा अस्पतालले २०० जना बिरामीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्दैछ । सो दिन हामीले आवश्यक औषधि वितरण १० दिन सम्मको लागि निःशुल्क गर्दछौँ । निःशुल्क एचबीएवानसी, -यान्डम ब्लड सुगर, परीक्षण पनि गर्छौं । सो शिविरमा सहभागी हुन अग्रिम रुपमा नाम दर्ता गर्नुपर्ने हुन्छ । नाम दर्ता कार्तिक २४ गतेबाट शुरु भइ कार्तिक २७ गतेसम्म बिहान ७ बजेदेखि ५ बजेसम्म अल्का अस्पतालको फोन नम्बर ०१५४५५५५५ मा आफ्नो नाम लेखाइ अग्रिम रुपमा सहभागीका लागि सरिक हुन सक्नुहुन्छ ।’
 
अस्पतालले विश्व मधुमेह दिवस २०२२ (नोभेम्बर १४) को अवसरमा वरिष्ठ मधुमेह रोग विशेषज्ञद्वारा परीक्षण गर्ने बताएको छ । अस्पतालले शिविरमा मधुमेह रोगका बिरामीहरु मात्रै सहभागी हुन पनि आग्रह गरेको छ ।

Skip This
Logo