युवाहरुमा मधुमेहको समस्या बढ्दै

युवाहरुमा मधुमेहको समस्या बढ्दै


आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक याली गरी विश्व मधुमेह दिवस मनाइएको हो ।

अल्का अस्पताल प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी -याली गरेको थियो । साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ । 

शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताए । उनले अस्पतालले मधुमेहसम्बन्धी बिरामीहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरुको चाप रहेको बताए । 

उनले भने- ‘आज हामीले बिहान मधुमेर रोग सम्बन्धी सचेतनामुलक -याली कार्यक्रम ग-यौं । अहिले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिरहेका छौँ । आजको शिविरमा दुई सय भन्दा बढी बिरामीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरेका हौँ । आज यो सेवामा उपचार गर्न आउने बिरामीले १० दिनको लागि निःशुल्क औषधि पाउनुहुनेछ भने आज बिहान साढे नौ बजेबाट शुरु भइ ३ बजेसम्मका लागि हो । लामो समयदेखि मधुमेह रोगसँग लडिरहेका मानिसलाई लक्षित गरेर नै शिविर सञ्चालन गरेका हौँ । उत्साहजनक रुपमा बिरामीको सहभागिता भइरहेको छ ।’ 
 
त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा.प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरुमा आँखाको समस्या हुने गरेको भन्दै शतर्कता अपनाउन आग्रह गरिन् । उनले पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढीरहेकाले त्यसतर्फ सबै जनाले शतर्कता अपनाउन जरुरी रहेको बताइन् । उनले अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने बताइन् । नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको उनले बताइन् । 
 
उनले भनिन्- ‘अहिले विश्वभरमा मधुमेह रोग लाग्ने ३५ प्रतिशत मानिसहरुमा आँखाको समस्या देखिएको छ । मधुमेह नियन्त्रणमा छैन भने आँखाको समस्या छिट्टै आउँछ । सुगर नियन्त्रणमा छैन,लामो समयदेखि तीन महिनाको सुगर बढीरहेको छ भने आँखा नै ड्यामेज हुने डर हुन्छ । प्रेसर र कोलस्टोर नियन्त्रणमा छैन भनेपनिआँखालाई छिटै असर गर्छ । मधुमेह उपचारको लागि आफूलाई मधुमेह छ वा छैन थाहा हुनुपर्छ । अस्पतालमा स्वास्थ्य परीक्षणको लागि कुनै समस्या नभई जाँदैनौं । मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने हुन्छ तर सबैमा देखिँदैन । ५० प्रतिशत मानिसहरुमा हुँदैन त्यस्तो लक्षणहरु । ३० वर्ष उमेर कट्नेहरुले हरेक वर्ष सुगर जाँच गर्नुपर्छ । सुगर हुने बढी जोखिम हुन्छ । जसको तौल बढी हुने वा घरमा बुबा, आमालाई मधुमेह,कोलस्टोर,सुगरको समस्या छ भने ३० वर्ष नपुग्दै पनि सुगर ६/६ महिनामा जाँच गर्नुपर्छ । सुगर जाँच गर्दा आँखा चेक गर्नुभन्दा केही भएको छैन भन्नुहुन्छ । तर आँखाको पर्दामा असर गर्ने भएकाले शुरुमा कुनै लक्षण हुँदैन । मधुमेह भएका बिरामीहरुले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउनुपर्छ । औषधिहरु समयमा नै खानुपर्छ ।’

Logo