दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान हुने

दोलखाका १० मतदान केन्द्रमा पुन: मतदान हुने


निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनः निर्वाचन हुने भएको छ। 

आयोगको आइतबार बसेको बैठकले स्थलगत अध्ययनका क्रममा वैतेश्वर गाउँपालिका, तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत कब्जा भएको निष्कर्ष निकाल्दै पुनः मतदान गर्ने निर्णय गरेकाे हो । 

आयुक्त रामप्रसाद भण्डारीले बैठकसमक्ष पेश गरेको सिफारिस अनुसार वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान हुने भएको हो।

बैठकले ती मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कारबाहीका लागि आयोगमा विवरण पेस गर्न सचिवालयलाई निर्देशनसमेत दिएको छ ।

प्रतिनिधिसभा सदस्यतर्फ एक मात्रै क्षेत्र रहेकाे दोलखामा एमालेका बालकृष्ण शिवाकोटी र नेकपा माओवादी केन्द्रबाट गंगा कार्की चुनावी मैदानमा छन् ।  

Logo