मौसमी ‘फ्लू’बारे सरुवा रोग विशेषज्ञ डा‍‍. पुनलाई पाँच प्रश्न

मौसमी ‘फ्लू’बारे सरुवा रोग विशेषज्ञ डा‍‍. पुनलाई पाँच प्रश्न


सामान्यतयाः मानिसहरुमा ज्वरो र रुघाखोकी मौसम परिवर्तन भएसँगै बढीमात्रामा देखिने गर्छ । यो भाइरसको उचित उपचार पद्धति नभएपनि धेरैमा एक हप्तासम्ममा रुघाखोकी निको हुने गर्छ । तथापि, रोग प्रतिरोधात्मक क्षमता कम भएका विरामीहरुमा भने निमोनिया हुने सम्भावना अधिकतम हुन्छ । तर, यसपटक भने चिसो सुरु भइसक्दा पनि ज्वरो तथा रुघाखोकीका विरामी न्युन रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ । यसै सन्दर्भमा केन्द्रविन्दु संवाददाता सुश्मिता वानियाले सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई पाँच प्रश्न गरेकी छन्- 

मौसमी ज्वरो तथा रुघाखोकी के हो ?
-मौसमी रुघाखोकी भनेको फ्लू हो । फ्लू भनेको इन्फ्लुएञ्जा भाइरस हो । फ्लू जति सहज देखिन्छ । त्यति सहज चाहिँ होइन् । विकसित देशहरुम पनि यसले एकदमै ठुलो प्रभाव पारेको छ । नेपालमा पनि फ्लू देखिने गरेको छ । तर, यसैका कारणले अस्पताल नै भर्ना हुन आएको अवस्था चाहिँ छैन् । किनभने रुघाखोकीलाई सामान्य रुपमा लिइन्छ । मौसमी ज्वरो, रुघाखोकी भनेको विशेष गरेर फ्लू नै हो । 

कस्ता किसिमका लक्षणहरु देखा पर्छन् ?
-फ्लू हुँदा अचानक ज्वरो आउने, घाटी दुख्ने, जिउ/शरीर दुख्ने, निरन्तर खोकी लाग्ने हुन्छन् । कसैलाई निमोनियासम्म हुन सक्छ । पातलो दिसा आउने लगायतका समस्या फ्लूका प्रमुख लक्षण हुन् । 

फ्लू/मौसमी ज्वरो, रुघाखोकी विशेषगरी कुन उमेर समूहका व्यक्तिहरुलाई हुन्छ ? 
-पाँच वर्ष भन्दा कम उमेरका बच्चाहरुलाई हुने सम्भावना हुन्छ । वृद्धावृद्धलाई पनि उत्तिकै हुने सम्भावना हुन्छ । कुनै दिर्घरोगी, किड्नीका विरामीहरुलाई हुन्छ । यस्ता किसिमका विरामीले फ्लू विरुद्धको खोप लगाउँदा राम्रो हुन्छ । अन्य उमेरका व्यक्तिहरुले पनि लाउन मिल्छ । फ्लूले समयसँगै स्वरुप परिवर्तन गर्छ । 

कोभिड, डेङ्गु भइसकेका विरामीलाई ज्वरो खोकीको जोखिम कस्तो हुन्छ ? 
-स्वतन्त्र रुपमा हेर्दा कोविड र डेङगु फरक भाइरस हुन् । यद्यपी यी दुई वटाको लक्षण धेरै मिल्दोजुल्दो छ । हामी सबै खोप लगाइसकेको अवस्थामा भएकाले आतिनु पर्दैन । तर, दुःख दिन सक्ने सम्भावना चाहिँ हुन्छ । 

फ्लू मौसमी ज्वरो, रुघाखोकी आएमा के गर्ने ? 
-फ्लू हुने बितिकै आतिनु पर्दैन । झोलिलो खानेकुराहरु खाने । स्वास्थ्यकर्मीको सुझाव  लिने । पाँच, सात दिनको अवधीमा सामान्यतयाः आराम गरेर पनि ठिक हुन्छ । 

 

Logo