ग्रीनसिटी हस्पिटलले ग-यो ३० किलोभन्दा बढी तौलको ट्युमरको सफल अप्रेशन

ग्रीनसिटी हस्पिटलले ग-यो ३० किलोभन्दा बढी तौलको ट्युमरको सफल अप्रेशन


ग्रीनसिटी हस्पिटलले ३० किलोभन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ । 

अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको हो । अस्पातलले आर्थिक रुपमा कमजोर रहेकी शेर्पालाई निःशुल्क अप्रेशन गरी नयाँ जीवन दिएको छ । 

अस्पताले टयुमरको अप्रेशनको लागि पाँच लाख बढी खर्च गरेको र बाहिर अप्रेशन गर्नपरे आठ लाख बढी खर्च लाग्ने बताएको छ । अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको अप्रेशनहरु निःशुल्क रुपमा गर्दै आएको छ । अप्रेशन अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने,खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेशनपछि सामान्य अवस्थामा आएको जनाएको छ । 

शेर्पाको अप्रेशन गर्ने अस्पतालकी डा.रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न चेकजाँच गरी अप्रेशन सफलतापूर्वक गर्न सफल भएको बताइन् । उनले अप्रेशन गर्न साधारण अवस्था नभए पनि सफलताका साथ गर्न सफल भएको भन्दै खुशी व्यक्त गरिन् । 

अस्पतालले जटिल प्रकृतिका रोगको निःशुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ । 

Logo