विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुक रुइत जन्मगाउँको आँखा शिविरमा

विश्वप्रसिद्ध अवार्ड जितेलगत्तै सन्दुक रुइत जन्मगाउँको आँखा शिविरमा


विश्वप्रसिद्ध बहराईन सरकारको ईशा अबार्ड प्राप्त गरेका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत यति खेर आफ्नै गृह जिल्लाकाे आँखा शिविरमा पुगेका छन् ।

गत ९ फागुनमा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाको हातवाट विश्व प्रसिद्ध अवार्ड ग्रहण गरे पछि पहिलो पटक उनी गृह जिल्ला आइपुगेका हुन् । 

शनिबारदेखि आफ्नै जन्म गाउँ ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ७ ओलाङचुंगोला नि:शुल्क आँखा शिविरमा ब्यस्त छन् । आइतबारसम्म जारी रहने आँखा शिविरमा बिरामीहरुको आँखाको शल्यक्रियासमेत गरिरहेका हुन् । उनको नेतृत्वमा रहेको चिकित्सक तथा आँखा प्राविधिकको टोलीले शनिवार र आइतबार फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन गर्नेछ।  

सो अभियानका अभियन्ता मिङ्माडण्डु शेर्पाका अनुसार प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेपछि उनी शल्यक्रिया सहितको नि:शुल्क आँखा शिविर कार्यक्रम लिएर पूर्वी नेपाल छिरेका हुन् । यो शिविर अघि उनले तेह्रथुम जिल्लाका विभिन्न स्थानमा नि:शुल्क आँखा शिविर सञ्चालन गरेर ताप्लेजुङ आएका हुन् ।

Logo