कोरोना संक्रमणको जोखिम बढ्दै

कोरोना संक्रमणको जोखिम बढ्दै


केही दिन यता कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे।

मन्त्रालयका अनुसार फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन्। फागुन २६ गते ५ जना, २७ गते १२ जना, २८ गते १५ जना, २९ गते १६ जना, ३० गते १७ जना र चैत १ गते १९ जना संक्रमित भएका छन्। यस्तै, शुक्रबार मात्र ६ जना नयाँ संक्रमित थपिएको र २० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार भारतमा संक्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेको हो।

मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ। अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ। 

Logo