पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ५८० नमूनामध्ये १० जनामाको रिपोर्ट पोजिटिभ आएको हो । साे अवधिमा थप १५ जना कोरोनामुक्त भएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४१ हजार ५०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४१ रहेको छ।
प्रकाशित: ११ जेठ २०८० १८:३९ बिहीबार