पछिल्ला २४ घन्टामा थप ५ जनामा कोरोना संक्रमण

पछिल्ला २४ घन्टामा थप ५ जनामा कोरोना संक्रमण


पछिल्ला २४ घन्टामा थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा पाँचजनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअवधिमा कोरोनाका कारण देशभर कसैको पनि निधन भएको छैन भने चारजनालाई उपचार पछि डिस्चार्ज गरिएको छ । 

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने सोसँगै कोरोनामुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको छ ।

Logo