नेपाली राजनीति अराजकताको दुश्चक्रबाट गुज्रिरहेको छः महासचिव पोखरेल

नेपाली राजनीति अराजकताको दुश्चक्रबाट गुज्रिरहेको छः महासचिव पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अन्यौलता सिर्जना भएको बताएका छन् । 

शनिबार नेकपा (एमाले) रामेछाप-काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा महासचिव पोखरेलले नेपालको राजनीतिमा अस्थिरता चुनौतीको रुपमा रहेको बताएका हुन् । 'नेपाली राजनीतिमा अन्यौलताको स्थिति सिर्जना भएको छ । पहिलो चुनौतीको रुपमा हाम्रो समाज हाम्रो राजनीति र हाम्रो राज्य व्यवस्था, राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुश्चक्रबाट गुज्रिरहेको छ।' उनले भने । 

महासचिव पोखरेलले बहुदलीय व्यवस्थाको ३३/३४ वर्षमा नेपालले २८ भन्दा बढी प्रधानमन्त्रीहरु व्यहोरिसकेको तर एउटा प्रधानमन्त्रीले औसतमा सवा वर्ष पनि काम गर्ने मौका नपाएको बताएका छन् । राष्ट्र निमार्णका लागि राजनीतिक स्थायीत्व बलियो नेतृत्वको आवश्यक रहेको उनको भनाइ छ । 

उनले भने, 'नेपालमा कुनै पनि प्रधानमन्त्रीले लामो समयसम्म राज्य सत्ताको नेतृत्व गर्ने मौका पाएनन् । यसको कारण भनेको नेपालको राजनीतिमा राजनीतिक अस्थितरता चुनौतीको रुपमा रहेको छ ।' 

उनले सामाजिक अराजकताले राष्ट्र निमार्णको लागि बाधा ल्याएको र मौलक संस्कृतिहरुको मूल्यको विघटन भईरहेको बताएका छन् । देश आर्थिक समस्याबाट गुज्रिरहेको बेला करको दर हेरफेर गरेर समस्यालाई बढाएको महासचिव पोखरेलको भनाइ छ । 

Skip This
Logo