चट्याङमा परी रोल्पामा एक वडासदस्यको निधन

चट्याङमा परी रोल्पामा एक वडासदस्यको निधन


गए राति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए । चट्याङमा परी अन्य ठाउँका  केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए ।

Logo