टी–२० विश्वकप छनोटः आज नेपाल र ओमानबिच समुहको अन्तिम खेल हुँदै

टी–२० विश्वकप छनोटः आज नेपाल र ओमानबिच समुहको अन्तिम खेल हुँदै


नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुदैँछ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो । सो खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुनेछ । यो खेल बिहान ९ बजे सुरु हुनेछ ।

यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेकाे हाे भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो । 

नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्न लागेको हो ।  नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ । टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।
 

Logo