ओमानको दोस्रो विकेट पतन, गुल्सनले तोडे अकिव र कश्यपको साझेदारी

ओमानको दोस्रो विकेट पतन, गुल्सनले तोडे अकिव र कश्यपको साझेदारी


नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको फाइनल खेलमा ओमानको दोस्रो विकेट लिएको छ ।  

टियु क्रिकेट मैदानमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले ९.४ ओभरमा ९४ रन बनाउँदै २ विकेट गुमाएको हो । नेपालको लागि जोखिम बनेको कश्यप प्रजापति र अकिव इलियासको साझेदारीलाई गुल्सन झाले तोडे । उनले अकिवलाई ३३ रनमा पवेलियन फर्काए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडलले ५२ रनको अर्धशतकीय पारी खेले । सो क्रममा ३७ उनले ५ चौका र २ छक्का प्रहार गरे । साथै करण केसीले १ चौका र २ छक्काको मदतमा २० रन जोडे । उनीहरु दुवै नटआउट रहे ।  

त्यसअघि युवा अलराउन्डर गुल्सन झाले सानदार अर्धशतकीय इनिङ खेले । गुल्सनले २० बलमा आफ्नो टि२० आई करिअरको पहिलो अर्धशतक प्रहार गरेका हुन् । २५ बल खेलेका ५ चौका र ४ छक्काको मदतमा ५४ रन जोडे । खराव सुरुवात गरेको नेपालका लागि गुल्सन र रोहितले इनिङ उकासेका थिए । ६० रन बनाउँदा ४ विकेट गुमाइसकेको नेपालका लागि उनीहरुले ७८ रनको साझेदारी गरेका थिए । 

पहिलो विकेटका रुपमा ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए । आक्रामक सुरुवाती दिलाएका अर्का ओपनर कुशल भुर्तेललाई नेपालले ७।१ ओभरमा ४९ रन बनाउँदा गुमायो । ३ चौका र २ छक्काको मदतमा ३१ रन बनाउँदै उनी आउट भए । भुर्तेलले ब्यक्तिगत १८ रनमा पनि जीवनदान पाएका थिए । त्यतिबेला आयन खानले क्याच छाड्न पुगेका थिए । त्यसअघि दोस्रो विकेटमा सन्दीप जोरा कप्तान जिशान मकसुदको बलमा १० रनमा बोल्ड आउट भए । 

बलिङमा ओमानका बिलाल खानले ३ विकेट लिँदा अकिब इल्यासले २ विकेट तथा जिशान मकसुदले १ विकेट लिए । 

Logo