काठमाडौँ महानगरले सडकमा भेटिएका गाईबाच्छा ‘काञ्जी हाउस’मा राख्ने

काठमाडौँ महानगरले सडकमा भेटिएका गाईबाच्छा ‘काञ्जी हाउस’मा राख्ने


काठमाडौँ महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा (चौपाया) संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ। महानगरभित्र भेटिएका गाईबाच्छा दक्षिणकाली नगरपालिका-७, कोपुगाउँमा राख्ने महानगरका मेयर बालेन साहले बताएको छ। उक्त कार्य  बिहीबारदेखि सुरु गर्ने साहले बताए। 

सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन् "सडकमा छाडिएका चौपायाले खान पाएका छैनन्, तिर्खा लागेका बेला पानी पाउँदैनन्,बिरामी पर्दा उपचार पाउँदैनन्। सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ, उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।"

Logo