नेपाल भित्रियाे सामसङ ग्यालेक्सी एस२३ एफ इः मासिक किस्तामै पाइने, यस्तो छ विशेषता

नेपाल भित्रियाे सामसङ ग्यालेक्सी एस२३ एफ इः मासिक किस्तामै पाइने, यस्तो छ विशेषता


सामसङ नेपालले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इलाई स्वागत गरेको छ । युवा पुस्ताका ग्यालेक्सी प्रयोगकर्ताहरुलाई सामसङको उच्चकोटीको अनुभव प्रदान गर्न निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इ नेपाल भित्र्याइएको हो ।

नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रङ्गहरुमा उपलब्ध भएकाे यो ग्यालेक्सी मोबाइलको प्रि–अर्डर नेपालभर सामसङको आधिकारिक स्टोरहरुबाट २० नोभेम्बर, २०२३ देखि नै  खुलाइएकाे छ । एफ इ संस्करणको रुपमा ग्यालेक्सी एस२३ एफ इमा प्रतिष्ठित र दिगो डिजाइनहरु, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामराका साथै त्यसभन्दा अझ धेरै विशेषताहरु समेटिएका छन् ।

जीवन्त डिजाइन र डिस्प्ले

ग्यालेक्सी एस२३ एफइ यसमा भएको नयाँ फ्लोटिङ क्यामरा र अझै स्लीकर डिस्प्लेको लागि सर्वश्रेष्ठ फिनिसका साथ एस सिरिजको डिजाइनलाई वास्तवमै अँगीकार गरेको छ । सर्वश्रेष्ठ धातु र सिसाबाट बनाइएको ग्यालेक्सी एस२३ एफ इले प्रमुख स्टाइलिस बनावट र स्पर्शलाई प्रतिबिम्बित गर्दछ ।

उत्कृष्ट दृश्यावलोकनको अनुभव दिलाउने गरी निर्माण गरिएको ग्यालेक्सी एस२३ एफ इमा १२० हर्ज अनुकूल रिफ्रेस दरका साथ चम्किलो, अत्यन्त सरस ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफ इमा रहेको भिजन बूस्टर प्रविधिले स्वचालित रुपमा उज्यालो प्रकाशको अवस्थाहरु पत्ता लगाएर स्क्रीनलाई जीवन्त राख्दै डिस्प्लेलाई सहज बनाइदिन्छ ।

क्यामरा अपग्रेड

ग्यालेक्सी एस२३ एफ इमा प्रो-ग्रेड क्यामराको विशेषताहरु छन्, जसले असाधारण व्यापकताका साथ भिडियोहरु र फोटोहरु खिच्दछ जुन आजसम्मकै सबैभन्दा ठूलो क्यामरा हो । यसको पछाडी प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठूलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ, जसले चम्किलो र आकर्षक फोटोहरु खिचेर हरेक पललाई जीवन्त बनाइदिन्छ ।

ग्यालेक्सी एस२३ एफ इमा नाइटोग्राफि विशेषताले तपाईंलाई अँध्यारोमा पनि जीवनजस्तै रङ्गहरुमा सेल्फि र पोट्रेट प्रष्ट खिच्न मद्दत गर्छ । एड्भान्स्ड डिजिटल इमेज स्टेबलाइजेसन (भिडिआइएस) का साथ प्रयोगकर्ताहरुले अप्टिकल इमेज स्टेबलाइजर (ओआइएस) कोणमा पछाडीको क्यामरा प्रयोग गरेर चालु रहेकै समयमा स्थिर सट लिन सक्दछन् ।

जब सही रुपमा कन्टेन्ट सिर्जना गर्ने अवस्था आउँछ, ग्यालेक्सी एस२३ एफ इ त्यसको लागि एक सुचारु सम्पादन स्टुडियो हो । प्रो मोडमा अबरोधक गति, छिद्र, आइएसओ नियन्त्रण र सहजताको लागि हस्तकृत रुपमा संयोजन गर्न सकिन्छ । ग्यालेक्सी एस२३ एफ इ क्यामरामा एआइ शक्ति प्रदत्त टुलहरु रहेका छन्, जसले चालु रहेकै समयमा रचनात्मक बनाउने स्वतन्त्रता र अनुकूलन गर्न दिई तपाईंको सटहरुलाई उत्कृष्ट तुल्याउनेछ ।

गेमिङ्गका पारखीहरुलाई प्रभावित पार्ने सर्वोत्कृट पावरहाउस

ग्यालेक्सी एस२३ एफ इमा सर्वोत्कृट र भरपर्दो कार्यसम्पादनको लागि भव्य ४एनएम चिपसेटको पावर दिइएको छ, जुन भव्य अनुभवहरुका लागि एक ठोस मेरुदण्ड हो ।

गेमिङ्ग र स्ट्रिमिङ्गको लागि ग्यालेक्सी एस२३ एफ इको शक्तिशाली प्रोसेसरले भेपर चेम्बर, जसले ताप नियन्त्रण गर्न र कार्यसम्पादनलाई एक समान राख्न मद्दत गर्दछ, त्यसको साथमा हरेक कार्यलाई तीव्र र तरल बनाइदिन्छ । यो रेट्रेसिङका साथ पनि आउँछ, एक त्यस्तो ग्राफिक चित्रण गर्ने प्रविधि जसले गेमलाई वास्तविक संसारको जस्तै प्रतिबिम्बहरु, प्रकाशहरु र छायाँहरु देखाउँछ ।

धेरै समय चल्ने, २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ ।

मेमोरी विविधता, मूल्य र उपलब्धता

ग्यालेक्सी एस२३ एफ इ प्रभावकारी ८ जिबि र्‍याम र २५६ जिबिको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङ्गहरुमा पाइने ग्यालेक्सी एस२३ एफ इ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरुमा उपलब्ध हुनेछ । ग्राहकहरुले स्टोरमा आफै उपस्थित भएर अग्रिम अर्डर गर्न सक्ने कम्पनीले जनाएकाे छ । यो मोबाइलको मूल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

आश्चर्यजनक लाभहरु रहेको एस२३ एफ इ शून्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक ४ हजार ३०० रुपैयाँ किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सकिनेछ । सामसङले एक वर्षको लागि १ पटकको ब्रेकेज बीमा प्रदान गरेको छ भने आफ्नो सामसङ फोनको अपग्रेड गर्न इच्छुकहरुका लागि एक्सेञ्ज सुविधा पनि प्रदान गरिएको कम्पनीले जानकारी दिएकाे छ । 

Logo