आज सिंहदरबारको नयाँ कक्षमा मन्त्रिपरिषद्काे बैठक बसिने

आज सिंहदरबारको नयाँ कक्षमा मन्त्रिपरिषद्काे बैठक बसिने


मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुननिर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बस्नेछ ।

भूकम्पले क्षति पु-याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी तयार गरेकोमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकक्ष सारिसकेका छन् । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनै सोही भवनबाट सञ्चालित छ ।

बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । विहान १० बजे प्रधानमन्त्री दाहालले बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठककक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने सहरी विकासमन्त्री सीता गुरूङले जानकारी दिइन् ।

यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पूरानो भवनको मुल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस् जाँगर आउने बताएका थिए ।

Logo