डी ब्रुयना फर्किँदा सिटीको गोल वर्षा

डी ब्रुयना फर्किँदा सिटीको गोल वर्षा


केभिन डी ब्रुयना गत अगस्त यता पहिलोपटक खेल मैदानमा फर्किँदा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि सहज जीत हासिल गरेको छ। एफए कपको तेस्रो चरणको खेलमा साबिक विजेता सिटी ५–० गोलले विजयी बनेको हो।

खेलको ३३ औँ मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५ मिनेटपछि नै जुलियन अल्भारेजले दोस्रो गोल थपे।दोस्रो हाफमा बेन ज्याकसनले हडर्सफिल्डका लागि आत्मघाती गोल गरे।

६५ औँ मिनेटमा फोडेनले खेलमा व्यक्तिगन दोस्रो गोल गरे। ७४ औँ मिनेटमा डी ब्रुयनाले जेरेमी डोकुका लागि गोलको अवसर सिर्जना गरेपछि टोली सहजै चौथो चरणमा प्रवेश गर्न सफल भयो।

अन्य खेलमा लिड्सले पिटरब्रोलाई ३–० ले हरायो भने व्रेक्सह्यामले स्रिउसबरीलाई १–० ले पराजित गर्‍यो। वेस्ट ब्रोमले एल्डरसटमाथि ४–१ को जीत हासिल गर्न सफल भयो।

Logo